बीरगञ्जमा कलेज निर्देशकको घर अगाडी बम फेला

माघ १३, बीरगञ्ज । सोमबार बिहान वीरगञ्ज–८ पानीट्याङकीस्थित एक कलेज निर्देशकको घर अगाडी बम फेला परेको छ । 

प्रहरीका अनुसार  बिहानको २ः४६ को समयमा  वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि प्रेसर कुकर बम फेला परेहो हो ।   

बम नेपाली सेनाले  बिहान साढे दस बजेतिर निस्कृय गरेका हन् ।  प्रहरीका अनुसार बम वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम निस्कृय  गरेको हो । 

चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले  उक्त बम  प्रेसर कुकर बम नै भएको पुष्टी गरे पनी पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेकोले उक्त बस्तु बम नै हो या अन्य बस्तु भन्न सक्ने अवस्था नरहेको बताए । 

प्रहरीका अनुसार उक्त स्थानमा भएको सीसीटिभी क्यामेरा फुटेजमा  तीन जना युवा त्यस क्षेत्रमा देखिएको छ । उक्त युवाहरु को हुन्, खोजीकार्य भईरहेको र घटनाबारे अनुसन्धान सुरु गरिसकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =