चिसोबाट जोगिन हिटर प्रयोग गर्दै हुनुहुन्छ ? यी कुराको ख्याल नगरे ज्यान जान सक्छ

माघ १४, एजेन्सी । अहिले चिसो निकै बढेको छ । जाडो अर्थात् चिसो बढेसँगै हिटर किन्ने र ताप्नेहरुको संख्या पनि बढेको छ । तपाईले पनि चिसोबाट बच्नका लागि हिटर किन्नुभएकै होला ? यसको प्रयोग गर्दा कत्तिको सावधानी अपनाई रहनु भएको छ ? के तपाई कोठा थुनेर हिटर ताप्दै त हुनुहुन्न ? त्यसो हो भने तपाईले चनाखो हुने पर्छ र यसका बेफाइदाबारे जान्ने पर्छ ।  

यदि हिटर ताप्दा सावधानी अपनाईएन भने यसले ठुलो दुर्घटना पनि निम्त्याउन सक्छ । हिटरको प्रयोग गर्दा ध्यान दिन नसके निसास्सिएर ज्यानै समेत जान सक्छ । हिटरबाट कार्बन मोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसर्थ कोठा बन्द गरेर कहिल्यै हिटर बाल्नु हुँदैन । 

सुत्नुभन्दा अगाडि कोठालाई न्यानो पार्ने र सुत्ने बेला हिटर बन्द गरेर सुत्नुपर्छ । हिटरको प्रयोग गर्दा जान्नै पर्छ यी कुरा : 

Image result for हिटर प्रयोग

– हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् । 

– मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ । 

– लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला । 

– सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् । 

– आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =