कोरोना भाइरस : भारतमा पनि भेटिए एक संक्रमित

माघ १६, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । चीनको वुहान विश्वविद्यालयबाट आएका एक विधार्थीमा कोरोना भाइरस भएको भारत सरकारले पुष्टि गरेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ । 

कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् । 

कोरोना वायरस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *