बसको ठक्करबाट बृद्धको मृत्यु

पुस २९, बारा । बारामा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको  बसको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।   

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ आयल निगमस्थित सडकमा उक्त बसको ठक्करबाट स्थानिय ७२ वर्षीय राम बहादुर बिक गम्भिर घाइते भएका थिए ।   

बसको ठक्करबाट गम्भिर घाइते भएका बिकको उपचारको क्रममा  नारायणी अस्पताल बीरगंजमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।   

Related image

प्रहरीका अनुसार  बस र चालकलाई  नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *