महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले गर्यो निःशुल्क स्वास्थ्य शिविर

पुस १९, काठमाडौं । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र मानव सेवा आश्रमले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका वडा नं।१ स्थित तौलुङमा रहेको मानव सेवा आश्रमको संरक्षणमा आश्रित र स्थानियहरूको स्वास्थ्य जाँच गरिएको हो । 

महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले चिरायु अस्पताल बसुन्धराको सहकार्यमा मानव सेवा आश्रमको संरक्षणमा आश्रित ६० जना र स्थानिय २० जनाको स्वास्थ्य जाँच गरि निःशुल्क औषधी प्रदान गरिएको बताए । प्रहरी निरीक्षक गिरीले यस्तो अभियान महिनामा एक चोटी सञ्चालन गरिने बताए । 

उक्त सिविरमा हाडजोर्नी,नसा सम्बन्धि, बाथ, युरिक एसिड, स्वासप्रस्वास, दम खोकी, लगायत सवै प्रकारका उपचार समेत गरिएको थियो । शिविरमा सामुदायिक सेवाकेन्द्र बुढानिलकण्ठका अध्यक्ष, वडा नं. ३ र १ का वडा अध्यक्ष समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 15 =