एन्फा कास्कीका अध्यक्ष गुरुङले दीपक मनाङ्गेविरुद्ध उजुरी दिने

माघ ८, पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य दीपक मनाङ्गेविरुद्ध आफुलाई कुटपिट गरेको भन्दै उजुरी दिने बताएका छन् ।   

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि मंगदबार कुटपिट गरेका थिए । 

त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी गुरुङले प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =