राप्ती ४ ले बाँड्यो सुत्केरी महिलालाई पोषण भत्ता

पुष २२, चितवन ।  चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ ले सुत्केरी महिलाहरुलाई पोषण भत्ता बितरण गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको गर्भवती तथा सुत्केरी आमा पोषण कार्यक्रम अर्न्तगत वडा भित्रका सुत्केरी महिलाहरुलाई पोषण खर्चका लागि २ हजार ५ सयका दरले नगद बितरण गरिएको वडा अध्यक्ष शमशेर लामाले बताए । 

पहिलो दिन मंगलवार ९ जना सुत्केरी महिलाहरुलाई भत्ता बितरण गरिएको छ । दुई चरणमा बितरण गरिने कार्यक्रम अर्न्तगत चालु आर्थिक वर्षमा गर्भवती र सुत्केरी भएका महिलालाई आउँदो जेठमा बितरण गरिने वडा अध्यक्ष लामाले जानकारी दिए । निर्वाचित भएदेखी यो कार्यक्रम लागू गरिएको भन्दै वडाध्यक्ष लामाले स्थानिय सरकारको अनुभूती दिलाउन सुत्केरी  पोषण कार्यक्रम समावेश गरिएको बताए ।   

राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको उपस्थितीमा उनीहरुलाई पोषण भत्ता बितरण गरिएको थियो । उपमेयर लामाले वडा कार्यालयले सृजनात्मक काम गरेको उल्लेख गर्दै सानो रकम भएपनि सम्मानको रुपमा लिनु पर्ने बताए । उपस्थित सुत्केरी महिलाहरु पोषण खर्च पाउँदा खुसी देखिन्थे । यो वर्ष वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिला पोषण खर्च कार्यक्रमका लागि ३ लाख रुपैया विनियोजन गरेको छ ।  

पोषण भत्ता बितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक सुशिल कुमार पाण्डे, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।  राप्ती ४ को वडा कार्यालयले चालु आर्थिक वर्षमै वडा भित्रका गरिब तथा बिपन्न १ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्नुका साथै बिपन्न १० परिवारलाई जाडोबाट बच्न सिरक डसना समेत बितरण गरिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *