मेस्सीको गोलमा ग्रानाडालाई हराउँदै बार्सिलोना ला लिगाको शीर्षस्थानमा

माघ ६, एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा ग्रानडालाई १–० ले पराजित गर्दै बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेको हो । 

घरेलु मैदान नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको ग्रानडामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । खेलको सुरुवात देखि नै ग्रानडालाई दवावमा राखेपनि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नु पर्यो । 

खेलको ११औं मिनेटमा जोर्डी अल्वाको थ्रोइङ पासमा कप्तान लियोनेल मेस्सीले एक डिफेन्डरलाई कटाएर दिएको पासमा अन्सु फातीको क्लोज रेन्जको प्रहार बाहिरिँदा बार्सिलोनाले खेलमा अग्रता लिने अवसर खेर फाल्यो । १४ औं मिनेटमा मेस्सीको फ्रिकिक क्रसबारमा लागेर बाहिरिँदा बार्सिलोना पुनः अग्रता लिनबाट चुक्यो । 

६७ औं मिनेटमा ग्रानडाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर एट्याकमा यान ब्रिस इटिकीको प्रहार पोस्टमा लागेर फर्कदा बार्सिलोनाका डिफेन्डरले क्लियर गरिदिए । ६९औं मिनेटमा ग्रानडा १० खेलाडीमा समेटियो । जर्मन सान्चेज दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोनाले ग्रानडालाई झनै दवावमा राख्यो ।   

खेलको ७६ औं मिनेटमा कप्तान लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भयो । मेस्सीले आर्टुरो भिडालको पासमा गमेल गर्न सफल भएका थिए । त्यसपछि थप गोल हुन सकेन । बार्सिलोनाले १–० को संघषपूर्ण जित निकाल्न सफल भयो । 

ला लिगामा बार्सिलोनाको २० खेलबाट ४३ अंक पुगेको छ । रियलको पनि समान ४३ अंक छ । पराजित ग्रानडा २७ अंक जोडेर १० औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =