ललितपुरमा जुवातास खेली रहेको अवस्थामा पाँच पक्राउ
२०७६ पुस २३ गते

पुस २३, काठमाडौँ । प्रहरीले गएराती ललितपुरमा जुवातास खेली रहेको अवस्थामा नगद र ताससहित पाँच जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका १४ ताल्सिखेल बस्ने चन्द्र बहादुर देवाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ती पाँच जनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही महानगरपालिका २३ बस्ने ४९ वर्षीय चन्द्र कुमार देवाङ समेत ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट नगद १ लाख ८० हजार ८ सय रुपैयाँसहित ३ बुक तास फेला पारिएको छ । पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








