धरौटीमा रिहा भईन् गायिका आस्था
२०७६ माघ १४ गते

माघ १४, काठमाडौँ । सोमबार बिहान पक्राउ परेकी गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा भएकी छिन् ।
उनी ४ हजार धरौटीमा आज दिउँसो रिहा भएकी हुन् ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ परेकी आस्थालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

प्रहरीले उनीबिरुद्ध मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको थियो। अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्याएको छ।
२०७६ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








