कविता : आँशु…

टेलिभिजनको पर्दामा तिमी हाँसी रहेका थियौ 

म तिम्रो मरेको मुटु हेरेर रोइ रहेको थिएँ 

  

Image may contain: 1 person, hat, beard and closeup

हरेक पटक म मन्दिर जाँदा 

ईश्वरलाई सोध्ने गर्छु 

“तिमीले मरेको मुटु बोकेका 

जीवित मान्छे कसरी बनायौ ?” 

  

हरेक पटक झुपडीमा आउँदा 

तिमीलाई मैले सोधेको छु 

“मरेको मुटु बोकेर तिमी 

झुपडीसम्म कसरी आयौ ?” 

  

हो, मैले तिमी पनि रोएको देखेको छु 

— आफन्तका लासमा 

हो, मैले तिमी पनि रोएको देखेको छु 

— मृत्युको त्रासमा 

  

मलाई मरेको मुटुबाट झरेको आँशुको 

— कर्म थाहा छ 

मलाई मरेको मुटुबाट झरेको आँशुको 

— मर्म थाहा छ 

  

तिम्रो र मेरो आँशुमा यत्ति अन्तर छ 

तिमी हाँस्न नपाएर रून्छौ 

म खान नपाएर रून्छु। 

                                             रवीन्द्र मिश्र  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *