धरानका पूर्वमेयर राईको अन्त्येष्टी खोटाङमा गरिने, एकदिन शोक बिदा दिने निर्णय

माघ ६, धरान । साेमबार दिउँसो निधन भएका  धरान उपमहानगरपालिकाका पूर्वप्रमुख तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको  अन्त्येष्टी  खोटाङमा गरिने भएकाे छ ।  

राईको आज दिउँसो करिब १ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो। पूर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो।   

राई एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनलाई क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेको चिकित्सकहरुले बताएका थिए। क्यान्सरमा पनि दुर्लभ ’स्क्वामस सेल’क्यान्सर थियो। 

भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई केही दिनअघि नेपाल ल्याइएको थियो।   

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए। पछिल्लो समय उनी समाजवादी पार्टीमा आबद्ध थिए। यसैबीच उपचारको क्रममा आज उपत्यका स्थित पाटन अस्पतालमा निधन भएका धरानका पुर्वमेयर ध्यानबहादुर राईको अन्त्येष्टी उनकाे जन्मथलाे खोटाङमा गरिने भएको हाे । उनको जन्मस्थान खोटाङ जिल्लाको लामिडाँडास्थित चिउरीबासमा अन्त्येष्टी गर्ने पारिवारजनमा सल्लाह भएको छ ।   

उनको जन्मस्थान र बुबा, आमाको अन्त्येष्टी पनि त्यही गरिएकोले उतै अन्तेयष्टी गरिने परिवारिक श्रोतले जनाएको छ । स्वर्गीय राईको साथमा श्रीमति कोपिला, एक छोरा र एक छोरी छिन् ।   

पूर्वमेयर राई तत्कालिन नेकपा एमालेबाट २०४९ सालमा धरानको मेयरमा निवार्चित भएका थिए । उनी विगत एक बर्षदेखि क्यान्सर रोगको उपचार गरिरहेका थिए । यसैबीच पुर्व मेयर ध्यानबहादुर राईको निधनमा उपमहानगरपालिकाले एकदिन शोक विदा दिने निर्णय गरेको छ । 

भोलि मङ्गलबार एक दिन शोक विदा दिने निर्णय भएको उपमहानगरपालिकाले विज्ञप्ति मार्फत् जानकारी गराएको हो । क्यान्सरसँग जुध्दै आएका धरानका पूर्व मेयर राईको आज सोमबार काठमाडौंमा उपचारका क्रममा देह त्याग गरेका थिए । 

राईको सम्मानमा धरान उपमहानगरपालिकाले एकदिन शोक बिदा दिने निर्णय गरेको हो । ‘मङ्गलबारका दिन नगर कार्यपालिकाको मातहतका कार्यालयहरू साथै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोकविदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ ।’ वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

२०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयर बनेका उनी ‘आधुनिक धरानको नगरपिताको रुपमा पनि  चिनिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =