अमिर दोङ अभिनित ’नेमान जेबा ए’ बजारमा
२०७६ पुस २२ गते

पुस २२, काठमाडाैँ । तामाङ समुदायका नायक अमिर दोङ अभिनित ’नेमान ज्याबा ए’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङको फरक लुक्स भिडियोमा देख्न सकिन्छ ।
तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ’सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन ।
गीतमा शब्द, सङ्गित,एरेन्ज र स्वर प्रयास दोङको रहेको छ भने गायिका जितु लोप्चनले स्वरमा साथ दिएका छन । भिडियोमा सम्पादन,कोरियोग्राफ, निर्देशन र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने सुचना थोकरलाई अभिनयमा एकसाथ देख्न सकिन्छ ।

भिडियोलाई छायाँकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन ।
भिडियोमा हेर्नुहोस
https://youtu.be/jsWDAgymGQ4
२०७६ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








