विशेष अदालतमा प्रहरी नायव निरीक्षक र जवानविरुद्ध भ्रष्टाचार मुद्धा दायर
२०७६ पुस १७ गते

पुस १७, काठमाडौं । प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा सर्लाहीको त्रिभुवननगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक र जवानविरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुले भारतीय सीमा बजारबाट घरायसी सामान खरिद गरी ल्याउँदा वातावरण सहज गरिदिने भन्दै स्थानीयसँग घुस लिएको आरोपमा अख्तियारले मुद्धा दायर गरेको हो ।

उनीहरुविरुद्ध बिहीबार भ्रष्टाचार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








