क्रिकेट रंगशालाका लागि धनधान्याचल महायज्ञ गरिँदै

पुस २८ चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाका लागि आर्थिक संकलन गर्न धनधान्याचल महायज्ञ आयोजना गरिने भएको छ । जिल्लास्तरमा सोचे जस्तो आर्थिक संकलन नभईरहेका बेला महायज्ञ गरेर आर्थिक संकलन गर्न लागिएको हो ।   

मुसहरवस्ती निर्माण गरेर चर्चामा आएको धुर्मुस सुन्तली फाउण्डेसनले नेतृत्व लिएर भरतपुर १५ रामपुरमा रंगशाला निर्माण गरिरहेको छ । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलका अनुसार आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थलमै महायज्ञ आयोजना गरिने छ ।   

महायज्ञमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहनेछन् । महायज्ञबाट करिव ५० करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञका लागि साँसद विजय सुवेदीको संयोजकत्वमा समिति बनाईएको छ ।   

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व गराउने माध्यम र जोड्नका लागि महायज्ञ गर्न लागिएको बताए । तर जिल्ला स्तरमा गठन गरिएको आर्थिक संकलन समिति खासै सक्रिय भएको देखिएको छैन् ।   

पालिकास्तरमा पनि सहयोग संकलन समिति बनाईए पनि त्यसबाट पनि काम हुन सकेको छैन् । यता रंगशाला निर्माणस्थलमा पछिल्लो समय स्वतस्फुर्त रुपमा आएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ । रंगशालाको पिच र ड्रेनएजको काम भैरहेको छ । झण्डै ३ अर्वको लगानीमा रंगशाला निर्माण गरिदैछ । रंगशालाको कामले गति भने लिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =