प्रचण्ड भन्छन्- ‘रेशम चौधरीलाई छिट्टै छुटाउँछु’

माघ १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई कारागारबाट छिट्टै छुटाउने बताएका छन् ।   

आज (बुधबार) टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   

उनले भने, ‘झुटा मुद्दा लगाइएकाहरुलाई छुटाउनका लागि मेरो प्रयास जारी छ । रेशम चौधरीलाई पनि छुटाएरै छोड्छु । थारु समुदायका समस्या निराकरणका लागि म सधैँ तत्पर छु । मेरो तर्फबाट सहयोग जारी रहनेछ ।’ 

Image result for प्रचण्ड

उनले रेशम चौधरीलाई सांसदमा सपथ गराउन तथा माननीयको दर्जा दिलाउन आफूले नै महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।   

‘अहिले पनि सरकार तथा पार्टीसँग टिकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको छु । केही साथीहरु छुटिसकेका छन् । जनयुद्धमा संलग्न केही साथीहरु पनि जेलमा हुनुहुन्छ । रेशम चौधरी लगायतका साथीहरु छुट्न बाँकी छु । केही समयभित्रै उहाँहरुलाई पनि छुटाइन्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।   

यस्तै उनले आफूलाई १७ हजार मानिस मारेको भनेर झुटा आरोप लगाएको दाबी गरे । ‘ममाथि गलत आरोप लगाइएको छ । मैँले १७ हजार मानिस मारेको छैन । हिजोका सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका थिए । द्वन्द्वका क्रममा ५ हजार मारिए । यसको जिम्मा भने म लिन तयार छु’– अध्यक्ष दाहालको भनाइ छ ।   

प्रचण्डले ‘थारुहरुको मात्र होइन, सबैको झुटा मुद्दा खारेज गर्ने आन्दोलन जारी रहेको पनि बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =