फोहोर फालिएको पोखरीमा मृत भेटिए युवक
२०७६ पुस २५ गते

पुस २५, बीरगञ्ज । वीरगञ्जमा फोहोर फालिएको पोखरीमा अन्दाजी २८ र ३० वर्षीय एक युवक मृत अवस्थामा फेला परेको छ ।
करिब ८ फिटभन्दा गहिरो उक्त फोहोर फालिएको पोखरीमा मृत अवस्थामा युवकलाई भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले जानकारी दिएका हुन् ।
उनका अनुसार युवकको शरीरमा कुनै किसिमको चोटपटक र निल डाम नदेखिएको र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने छ ।

मृत भटिएका उक्त युवकको पहिचान हुन नकिएको र पहिचान गराउने प्रयास भईरहेको छ भने हाल युवकको शवलाई पोष्टमार्टका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएका छन् ।
२०७६ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








