नायिका प्रियंका कार्की फागुनमा बिवाह गर्दै

माघ १७, काठमाडौँ । केही समय अघी थाइल्याण्डमा ब्याचलर पार्टी दिएकी चर्चित नायिका प्रियंका कार्कीले फागुनमा बिहे गर्ने पक्का भएको छ ।
उनले प्रेमी तथा नायक आयुष्मान देशराज जोशीसँग बिवाह गर्न लागेकी हुन् । प्रियंकाले आयुष्मानसँगको बिगत २ वर्षको प्रेमसम्बन्धलाई बल्ल बिवाहको नाम दिन लागेकी हुन् ।
यस भन्दा अघी नै आयुष्मानसँग प्रियंकाको बिवाहको हल्ला चलेपनी उनीहरुले बिवाहको मिति भने सार्दै आईरहेका थिए । यसरी उनीहरुले बिवाहको मिति सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत गरिरहेका थिए ।

उनका एक नजिकका साथीका अनुसार उनीहरुले फागुन १७ गते विवाह गर्न लागेका छन् । अहिले प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् । चलचित्र ‘कथा काठमाण्डु’को सेटबाट प्रेमकाे टुसा पलाएको यो जोडीले पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् ।
बिवाहको बारेमा नायिका कार्कीले आफैले पनी फागुन महिनामा पक्का भएको जानकारी दिएकी छिन् । तर मिति फाइनल नभईसकेको बताउँदै उनले भनिन् ‘फागुन १७ गते राम्रो दिन छ, शायद यही दिनमा नै हुन सक्छ ‘।








