गाउँपालिका अध्यक्ष आठ लाख घुससहित रंगेहात पक्राउ
२०७६ माघ १० गते

काठमाडौँ । गाउँपालिकाका अध्यक्ष आठलाख घुससहित रंगेहात पक्राउ परेका छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी आठलाख घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोाग अनुसन्धान आयोगको टोलीले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो । प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका उनी अख्तियारको फन्दामा परेका हुन् ।
उनले उपभोक्ता समितिबाट ८ लाख घुस लिएको सूचनाको आधारमा अख्तियारले पक्राउ गरेको हो । अध्यक्ष केसीमाथि अख्तियारले अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन् ।
null
२०७६ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








