नेपाली फुटबल टोलीले इङ्ल्याण्डको ‘सी’ टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने

माघ ८, काठमाडौं । नेपाली फुटबल टोलीले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र दी एफएबीच बुधबार काठमाडौंमा सम्झौता भएको छ । 

नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको हो । 

सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्याण्डको फुटबल संघ दी एफए हेड अफ नेसनल लिग लरेन्स जोन्सले हस्ताक्षर गरेका छन् । 

मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स नेपाल आएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *