आज पुस २९ गते मंगलबार यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ पुस २९। मंगलबार। इ.स. २०२० जनवरी १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। चतुर्थी, १८:०९ उप्रान्त पञ्चमी। नक्षत्र– मघा, ११:१७ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– आयुष्मान्, ७:२५ बजेदेखि सौभाग्य, २८:२२ बजेउप्रान्त शोभन। करण– वव, ७:१६ बजेदेखि वालव, १८:०९ बजेपछि कौलव, २९:०१ बजेउप्रान्त तैतिल। आनन्दादिमा काल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२८ बजे र दिनमान २६ घडी ५ पला। मंगल चौथी। काशीमा बडागणेश उत्सव। पौष मसान्त। 

आज २९ पुस २०७६ मंगलवारको राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =