मौसम सफा हुँदै गएपछि महोत्तरीवासीको जनजीवन सामान्य बन्दै

पुष १६, महोत्तरी । दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् ।   

सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो । 

 गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो ।   

null

दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो परिरहेपछि गत सोमबार अघिसम्म घर बाहिर निस्कन निकै सकस थियो । 

सोमबार मध्याह्न पारिलो घाम देखिएयता लगातार मौसम सफा हुँदै गएको छ । चिसो स्याँठ र राति तुषारो पर्न छाडेपछि जाडो निकै घटेको यहाँका सर्वसाधारणले बताएका छन् ।   

आज बिहानै घाम देखिएपछि अन्तर्राष्ट्रिय प्रचलनको इश्वी संवत्को नयाँ वर्ष मनाउनेको चहलपहल जताततै देखिएको छ । 

यसपालि महोत्तरीमा गत शनिबार सबैभन्दा चिसो बढेको थियो । सो दिन महोत्तरी, धनुषा, सिरहा र सर्लाहीसहितका जिल्लामा तापक्रम चार डिग्री सेल्सियसभन्दा तल झरेको जनकपुर विमानस्थलको तापमापन सूचना केन्द्रले जनाएको थियो ।   

यसपालि महोत्तरीमा बढेको चिसोले अधिकांश विद्यालय बन्द गरिएका थिए भने बजारु चहलपहल पनि स्वात्तै घटेको थियो । अहिले मौसममा सुधार देखिएपछि ज्यालादारी गरेर गुजारा चलाउने मजदुर अब काममा जान पाउने आशले खुशी देखिएका छन् ।   

यससँगै कृषिकार्य र पशुपालन व्यवसायलाई पनि अब राहत हुने किसानले आश पालेका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =