ओमनका राजाको निधन, तीन दिन राष्ट्रिय शोकको घोषणा

पुस २६, काठमाडौं । ओमनका राजा (सुल्तान) काबूस बिन सईदको निधन भएको छ । सुल्तान काबूसको शुक्रबार निधन भएको ओमनका मिडियाहरुले उल्लेख गरेका छन् । 

काबूसको निधनमा शनिबार तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । 

सुल्तान काबूस ७९ वर्षका थिए । सन् १९७० मा आफ्नै पिताविरुद्ध ‘कू’ गरेर सत्तामा आएदेखि उनी निरन्तर सत्तामा थिए । 

सुल्तानको कार्यालयले लामो विरामीको कारण सुल्तानको मृत्यु भएको भए पनि उनी कुन विरामीले मरेका हुन् गरेको छैन । 

काबूस अविवाहित थिए । उनको कुनै सन्तान नभएकाले उत्तराधिकारीलाई लिएर अन्यौलता छाएको छ । सुल्तानको निधनपछि तीन दिनभित्र नयाँ राजा चुन्नुपर्ने नियम छ । देशको शाही परिवार परिषदले नयाँ सुल्तानको लागि पहिलो प्रयास गर्नेछ । परिषदमा ५० पुरष सदस्य छन् ।   

यदी परिषदले उत्तराधिकारीको निर्णय गर्न सकेन भने सुरक्षा परिषद र सर्वोच्च अदालत, सुझाव परिषद र राज्य परिषदका अध्यक्षको उपस्थितिमा एक बन्द चिठ्ठी खोलिनेछ, जसमा सुल्तानले जिवित छदाँ गोप्य रुपमा आफूलाई मन पर्ने व्यक्तिको नाम लेखेका हुन्छन् । उक्त पत्रमा जसको नाम हुन्छ, सोही व्यक्तिले राजगद्दी सम्हाल्नेछ । 

सुल्तान कबूस ओमनका सर्वोच्च निर्णयकर्ता थिए । उनले प्रधानमन्त्री, सेनाको सर्वोच्च कमाण्डर, रक्षा मन्त्री, अर्थ मन्त्री र विदेश मन्त्री पद सम्हालेका थिए ।   

सुल्तानले २९ वर्षको उमेरमा आफ्ना उग्र रुढिवादी पिता साइद बिन तैमुरलाई सत्ताच्युत गरेर सत्तामा आएका थिए । उनका पिताको शासनमा कसले विवाह गर्ने, कसले पढ्ने र कसले देश छाड्ने भन्ने कुरा पनि सुल्तानले निर्णय गर्थे । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *