कुमारी जबको छैठाैँ वार्षिक उत्सवमा मोवाईल एपको शुभारम्भ

पुस १८, काठमाडौँ । कुमारी जब प्रा.लि ले पौष १६ गते आफ्नो छैठाैँ वार्षिक उत्सव एक भव्य समारोहका विच सम्पन्न गरेको छ ।   

वार्षिक उत्सवको अवसरमा यस प्रा.लि ले www.kumarijob.com नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ । सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ । 

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यक्तीकाे ठूलो उपस्थितिका बीच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो । 

Pic 7.jpg

कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारी जबमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । 

त्यसैगरी सोही कार्यक्रममा प्रा.लि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो । 

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कुमारी जबका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब  नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *