एनआइसी एशिया बैंकले ल्यायो ‘क्यास व्याक’ अफर

पुस १७, काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नयाँ बर्ष २०२० को अवसरमा ‘क्यास व्याक’ अफर ल्याएको छ ।   

बैंकले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहक वर्गहरुलाई ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म Visa कार्डमार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५०० सम्म क्यास व्याक प्रदान गर्नेछ । 

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।   

बैंकले यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =