सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजनाको चौथो लक्की ड्र बिजेताहरुको नाम घोषणा

माघ ५, काठमाडाैँ ।  सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार बिजेताहरुको नाम घोषणा गरिएको छ । 

चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिम बहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासी न्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासी जुनु श्रेष्ठ र पाल्पा निवासी केश माया पुनले हिराको टप जितेका छन् । बिजेताहरुको नाम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो । 

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ । 

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।  

लक्की ड्र मार्फत १ जना बिजेताले हिराको हार, २ जना बिजेताले हिराको टप र २ जना बिजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली बिजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।  

ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नुहुन कम्पनीले आग्रह गर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =