पत्रपत्रिकाः सभामुख छान्नै सकस, प्रदेश ३ को राजधानी हेटौडा, पिडितको उजुरी लेखिदिने वकिल भएनन्

आज शनिबार पुस २६ । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुले विशेष पृष्ठ प्रकाशित गर्छन् । कान्तिपुर दैनिकले कोसेली प्रकाशन गर्छ भने, नागरिकले शनिबार भनेरै विशेष अंक तयार गर्छ । गोरखापत्र, अन्नपूर्ण पोस्ट, राजधानी, नयाँपत्रिका सबैले विशेष पृष्ठ प्रकाशित गर्छन् ।   

आज कान्तिपुरको प्रथम पृष्ठमा प्रतिनिधिसभाको सभामुख चयनमा देखिएको अन्यौलताको समाचार छ । समाचार अनुसार प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको छ । शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन ।   

छलफलमा अध्यक्ष दाहालले एकीकरण पूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।   

प्रधानमन्त्री ओलीले भने सरकार एक जनाले र दल एक जनाले चलाउने गरी सहमति भएपछि सभामुख पनि सरकार सञ्चालन सहज हुनेगरी चुन्नुपर्ने र त्यसका लागि आफैंले रोजेको व्यक्ति चाहिने बताएका थिए । ओलीले दाहालसँग छुट्टै गठबन्धन भेला गरेर राम्रो नगरेको बताएका थिए । ओली र दाहाल आ–आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषयमा पेचिलो बन्दै गएको छ ।   

यता अन्नपूर्ण पोस्टले प्रदेशको राजधानी हेटौडा नै रहने विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्टको समाचार अनुसार प्रदेश नं २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरुले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरुले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् । केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् ।   

नयाँ गाडी ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ । तर, उनीहरुले पुराना गाडी पनि छाडेका छैनन् । मुख्यमन्त्री लालबाबु रावतले मात्रै नयाँ किनिएको ज.१ झ ४५६ नम्बारको एउटा गाडी प्रयोग गर्छन् । आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन् । उनीहरुले पूरानो गाडी आफन्त, परिवार र कार्यकर्तालाई दिएको खुलेको छ ।   

नयाँ पत्रिकाले भने फरक समाचार प्रकाशित गरेको छ । 

विद्यालयकी धराप शिर्षकमा प्रकाशित समाचारमा जीर्ण अवस्थामा पुगेका दशकौं पुराना सामुदायिक विद्यालय भवन १२ वैशाख २०७२ को भूकम्पमा बस्नै नमिल्ले गरी खलबलिए । काठमाडौँ, भक्तपुर  र ललितपुरका पुराना सहरी क्षेत्रका अधिकांश त्यस्ता विद्यालय भवन गल्र्याम्मै नढलेपनि जुनसुकै बेला ढल्ने अवस्थामा पुगे । प्राधविधिकहरुले त्यस्ता भवनमा अध्ययन–अध्यापन गर्न निमिल्ने भन्दै रातो स्टिकर लगाए । भवन जुनसुकै बेला भत्किन सक्ने खतराको सूचक थियो–रातो स्टिकर । तर, विद्यालय भनव न पुनःनिर्माण भए, न पठनपाठन रोकियो । धराप बनेका उपत्यकाका त्यस्ता दर्जनौं विद्यालय भवनमा अहिले पनि सयौं बालबालिकाको जीवन जोखिममा परेर अध्यापन गराइँदै छ । यसैगरी नयाँ पत्रिकाले साहुकार फलोअप स्टोरीमा राजपाका केन्द्रीय सदस्य तथा खुंखार साहुकार रामबाबु राय यादव र तत्कालीन नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार सञ्जय रौनियारबाट चरम शोषणमा परेका सर्लाही र आसपासका पीडितहरूले प्रहरीमा जाहेरी लेखिदिने वकिलसमेत पाएका छैनन् ।   

यादव पक्राउ परेपछि पीडितहरू न्याय पाउने आससहित उजुरी दिन मलंगवास्थित जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । तर, सर्लाहीका वकिलहरू यादव र रौनियारविरुद्ध पीडितको उजुरी लेखिदिन तयार छैनन् बहाना बनाएर पन्छिरहेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट घर फर्काइएका पीडितहरू शुक्रबार पनि उजुरी दर्ता नभएपछि निराश भएर फर्किएका छन् । 

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *