नेपालमै पहिलो पटक पञ्चकन्याले ल्यायो सीपीभीसी ट्रान्सप्यारेन्ट फिटिङ्गस्
२०७६ पुस २५ गते

पुस २५, काठमाडौं । पञ्चकन्या ग्रुपले नेपालमै पहिलो पटक Chlorinated Polyvinyl Chloride (सीपीभीसी) को नयाँ ग्रेडको ट्रान्सप्यारेन्ट फिटिङ्ग भित्र्याएको छ ।
आज (शुक्रबार) राजधानीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले उक्त ग्रेड पाईपको अनावरण गरेको हो ।
यस्ता उत्पादनहरु तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महंगो सामग्राी नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताको रहेको कम्पनीको दाबी छ ।

यी सीपीभीसी ट्रान्सप्यारेन्ट फिटिङ्गस् ISO 9001: 20015 स्ट्याण्र्डडबाट बनाइने तथा वातावरण अनुकुल, तुलनात्मक रुपले किफायती हुनुका साथै विश्व प्रसिद्ध जापानिज SEKISUI कम्पनीको कच्चा पदार्थ प्रयोग गरिएको हुँदा कम्तिमा ५० वर्ष टिक्ने कम्पनीले जनाएको छ ।
२०७६ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








