आज हिमपात र वर्षा हुन्छ ? यस्तो छ आगामी तीन दिनको मौसम

माघ १, काठमाडौं । आज दिउँसो मौसम सामान्यतया सफा रहेपनि बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।   

नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको प्रवभाका कारण बुधबार रातिदेखि विभिन्न ठाउँमा हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।   

महाशाखाका अनुसार बुधबार राति पश्चिमी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का  हिमपातको सम्भावना रहेको छ । 

Image result for मौसम"

तराई भू–भागहरुमा बिहानी समयमा बाक्लो हुस्सु–कुहिरो लागेकोले ति स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो रहने मौसमविद्ले बताएका छन् ।   

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव शुक्रबारसम्म रहने महाशाखाले जनाएको छ । शुक्रबार समेत वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।   

यस्तो छ तीन दिनको मौसम 

माघ १ गते (बुधबार) 

दिउँसोः देशको पुर्वी तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

रातीः  पश्चिमी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का  हिमपातको सम्भावना रहेको छ । 

माघ २ गते (बिहिबार) 

दिउँसोः देशको मध्य तथा पश्चिमी भू–भागमा सामान्य बदली भई पुर्वी भू्भा–गमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी  भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य  उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

रातीः  देशको मध्य तथा पश्चिमी भू–भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ। 

माघ ३ गते (शुक्रबार) 

दिउँसोः देशको मध्य तथा पुर्वी भू–भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। 

उच्च पहाडी रहिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । मध्य तथा पुर्वी उच्च पहाडीरहिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ। 

रातीः  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =