महात्मा गान्धीलाई मार्न चाहने को–को थिए ?

माघ १६, काठमाडौं । मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को जिन्दगी एक खुला किताब जस्तै थियो । उनकाबारे यस्ता धेरै चीजहरु छन् जुन धेरै मानिसहरुको नजरमा ताजा छ ।   

गान्धीको जुन नीति थियो, उनको हिसाबले विल्कुल ठिक थियो । उनीमाथि ६ पटक हमला भएको थियो । पहिलो हमला १९३४ मा पुणेमा भएको थियो ।   

उनलाई एक समारोहमा जानुपर्ने थियो, उस्तै प्रकारका दुई गाडी आए । एकमा आयोजक थिए भने अर्कोमा कस्तूरबा र महात्मा गान्धी यात्रा गर्नेवाला थिए ।   

Image result for महात्मा गान्धी

आयोजकहरु जो लिन आएका थिए उनीहरुको कार निक्लियो । बिचमा रेलवेको बाटो पथ्र्यो । महात्मा गान्धीको कार त्यही रोकियो । तब एक धमाका भयो, जुन कार अघि गएको थियो त्यो दुर्घटनामा पर्यो । महात्मा गान्धी हमलाबाट बचे । किनकी ट्रेन आउन ढिलो भयो ।   

१९४४ सालमा आगा खान प्यालेसबाट रिहाई भएपछि गान्धी पञ्चगनी गएर रोकिएका थिए, त्यहाँ केही मानिसहरु उनीविरुद्ध प्रदर्शन गरिरहेका थिए । गान्धीले उनीहरुसँग कुरा गर्न र सम्झाउन खोजे, ताकि उनीहरु रिसाउनुको कारण जान्न सकियोस् ।   

तर उनीहरुमध्ये कोही पनि कुरा गर्न राजी थिएनन् र अन्तिममा एक व्यक्ति छुरा लिएर छौडिए, उनलाई समातियो । यस घटनामा पनि गान्धी बचे, उनलाई केही हुन पाएन ।   

१९४४ मै पञ्चगनीपछि गान्धी र जिन्नाको वार्ता मुम्बईमा हुनेवाला थियो । मुस्लिम लिग र हिन्दु महासभाका केही मानिसहरु यसबाट आक्रोशित थिए । गान्धी र जिन्नाबिचको भेटको कुनै मतलब नभएको र यो भेट हुन नहुने उनीहरुको भनाइ थियो ।   

त्यहाँ पनि गान्धीमाथि हमलाको कोशिस भयो, तर सफल हुन सकेन ।   

त्यस्तै १९४६ मा नेरुल नजिकै गान्धी जुन रेलगाडीमा यात्रा गरिरहेका थिए, त्यसका ट्रयाकहरु उखेलियो र रेल पल्टियो । इन्जिन कहीँ गएर ठोक्कियो ।   

१९४८ सालमा दुई पटक हमला भयो । पहिलो पटक जब मदनलाल बम पड्काउन चाहन्थे, तर सफल हुन सकेनन्, समातिए । छैठौँ पटकमा भने नाथराम गोडसेले ३० जनवरी १९४८ मा गोली चलाए र महात्मा गान्धीको मृत्यु भयो ।   

उनको ज्यान लिने कोशिस अन्य दुई पटक पनि भएको थियो । ती दुई प्रयास निकै रोचक थिए । दुवै घटना चम्पारणमा भयो । १९१७ मा महात्मा गान्धी मोतिहारमा थिए ।   

मोतिहारमा सबैभन्दा ठुला इण्डिगो मिलका प्रबन्धक इरविनले गान्धीलाई वार्ताका लागि बोलाए ।   

इरविनले सोचे कि वार्ताका क्रममा कुनै खानेकुरामा विष दिने । यस्तो विष जसको असर केही समयपछि हुन्छ र उनीहरुमाथि आरोप पनि लाग्ने छैन, गान्धीको ज्यान पनि जानेछ ।   

यी कुरा इरविनले मिया अन्सारीलाई बताएका थिए । मियालाई ट्रे लिएर गान्धी नजिक जान भनिएको थियो ।   

मियाको सानो परिवार थियो । उनीहरु साना वर्गका किसान थिए । नोकरी गर्थे । त्यसले परिवार धानेको थियो । उनले नाइँ भन्न सकेनन् । उनी ट्रे लिएर गान्धी नजिक गए । तर जब मिया गान्धी नजिकै गए तब उक्त ट्रे गान्धी नजिकै राख्ने उनीमा हिम्मतै आएन ।   

उनी ट्रे लिएर उभिरहे । गान्धीले उनलाई शिर उठाएर देखे, तब मिया रुन लागे र सबै कुरा खोले । यो किस्सा महात्मा गान्धीको जीवनीमा कहीँ पनि उल्लेख गरिएको छैन ।   

लोक स्मृतिमा भने मिया अन्सारी प्रसिद्ध मानिस भएको उल्लेख गरिएको छ । मियाका कोही पनि थिएनन । उनी जेल परे । उनको जमिन लिलाम भयो ।   

  

काे थिए महात्मा गान्धी ? 

महात्मा गान्धी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् ।   

बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।   

उनी सत्याग्रह–व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे ।   

महात्मा गान्धीको नाम उनलाई बङ्गाली साहित्यकार रवीन्द्रनाथ टेगोरले दिएका थिए । जसको अर्थ संस्कृत भाषामा महान आत्मा भन्ने हुन्छ । उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ टेगोरले महात्मा भनि सम्बोधित गरेका हुन् ।   

गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ । उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ । यो दिन ‘गान्धी जयन्ती’ को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ ।   

सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा, प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको नागरिक अधिकारको लागि सङ्घर्षमा प्रयोग गरे । सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिकर र भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरे ।   

सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्मनिर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा पनि भारतलाई विदेशी राजबाट मुक्ति दिलाएर स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो ।   

गान्धीले ब्रिटिस सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा दांडी मार्च र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे ।   

उनले साबरमती आश्रमको आत्म(निर्भरता आवासीय समुदायमा आफ्नो जीवन को धेरै समय व्यतित गरे र परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए । उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामा उपवास पनि गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =