राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार प्याकुरेलद्वारा राजिनामा

माघ १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले राजीनामा दिएको घोषणा गरेका हुन्। द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि त्यसप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिएका हुन्। 

प्याकुरेलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘साढे चार दशकदेखि सामाजिक न्याय र लोकतन्त्रका लागि समर्पित म आफ्नो मूल कर्तव्य प्रति निष्ठावान रहँदै आएको छु । सुदृढ लोकतान्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको सल्लाहकार पदबाट राजीनामा दिएको छु ।   

प्याकुरेलको राजीनामालाई राष्ट्रपति भण्डारीले स्वीकृत गरिसकेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारी नेपालखबरलाई जानकारी दिए। 

मानवअधिकारका क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाब र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *