आफू कार्यरत उद्योगमै मृत भेटिए मजदुर

माघ १६, वीरगञ्ज । बुधबारराती बाराको सिमरास्थित एक मजदुर आफू कार्यरत उद्योगमै मृत अवस्थामा भेटिएका छन् ।   

बाराको सिमरास्थित जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत भारत बिहारको छपरा थाना घर भएका ३० वर्षीय अम्बर राय उद्योगभित्रै मृत अवस्थामा भेटिएका हुन् ।   

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीका अनुसार उद्योगको वर्कशपमा काम गर्दै आएका रायको शव उद्योगको विद्युत गृह नजिकै भेटिएको हो ।   

Image result for मृत भेटिए मजदुर

प्रहरीले रायको बुधबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म ड्यूटी समय रहेको र अर्को सिफ्टमा काम गर्ने सहकर्मीले उनको शव  खाल्डोमा घोप्टो परेको अवस्थामा  देखेपछी प्रहरीलाई खबर गरेको बताए ।   

उनको शव पोष्टमार्टमका लागि राति नै वीरगञ्ज स्थित नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =