रुसमा नयाँ प्रधामन्त्री नियुक्त

माघ २, काठमाडौं । रुसमा नयाँ प्रधामन्त्री नियुक्त गरिएको छ ।  प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ । 

“भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका छन्,” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ । 

पुतिन

पुटिनको आग्रहलाई मिखाइलले स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेद्भेदेवले बुधबार राजीनामा दिएका थिए । 

मेद्भेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए । 

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । 

प्रधानमन्त्री मेद्भेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उनलाई धन्यवाद र आभार व्यक्त गरेका छन्,  । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *