राष्ट्रियसभा बैठकमा तीन विधेयक पेश

माघ १४, काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकमा तीन विधेयक पेश भएका छन्  ।  बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक), २०७६ तथा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेश गरेका छन् ।   

 बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन् ।   

 बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजङग कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले  बैठकमा सो शोकप्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही माघ १९ गते बिहान ११ बजे बस्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =