‘चुईगम भर्सेस पराग’ रिले दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

पुस २०, काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक÷गायिकाहरुको स्वर रहेको ‘चुईगम भर्सेस पराग’ बोलको गीत सार्वजनिक गरिएको छ ।   

हिजो (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतलाई राष्ट्रिय सभाकी सदस्य तथा चर्चित गायिका कोमल वली र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।   

उक्त गीतमा लय तथा शब्द सिर्जना राजकुमार बानियाँको रहेको छ भने गीतको निर्माता भने रमेश धरेल हुन् । गीतमा प्रिती आले, राजकुमार बानियाँ, रविन लामिछाने र टिका सानुको स्वर रहेको छ । गीत जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो ।  

हेर्नुहाेस् भिडियाेः 

https://youtu.be/ywlFKNXpceE 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =