एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

काठमाडौं, पुस २८, एनसेल प्रा. लि. ले प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।   

यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु ९५.७७ मा २ जिबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यसका साथै यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।   

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्ने एनसेलले जनाएको छ । प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् ।   

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् ।   

साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *