अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता
२०७६ पुस २१ गते

पुष २१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । देवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ गएका हुन् ।
देउवानिवास सोमबार बिहान पुगेका प्रचण्ड र देउवाबीच सभामुख चयनका बारेमा छलफल भएको जनाइएको छ ।
नेकपाले भावी सभामुखको उम्मेदवार तय गर्न सकेको छैन भने कांग्रेसले सभामुख र उपसभामुख मध्ये एक आफ्नो पार्टीले पाउनु पर्ने दाबी गर्दै आएको छ ।

साथै दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनका विषयमा पनि छलफल भएको श्रोतले बताएको छ ।
२०७६ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित








