सभामुख सापकोटाविरुद्धको रिटको सुनवाई न्यायाधीश सपना प्रधान मल्लले गर्ने
२०७६ माघ १३ गते

माघ १३, काठमाडौँ । सभामुखमा निर्वाचित भएका अग्निप्रसाद सापकोटाविरुद्धको रिटमाथिको सुनवाई न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छिन् ।
सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको सापकोटाविरुद्धको रिटमाथिको सुनवाई न्यायाधीश प्रधान मल्लले गर्न लागेकी हुन् ।
यसअघि आइतबार उक्त रिटमाथिको पेशी तोकिएकोमा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि पेशी स्थगित गरिएको थियो । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको गर्न लागेकी हुन् ।

आइतबार नै सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । उनले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।
२०७६ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








