श्रवण दृष्टिविहीनको क्षमता अभिवृद्धिका लागि स्वास्थ्य परियोजना संचालन

पुुष १६, मोरङ । श्रवण दृष्टिविहीनको क्षमता अभिवृद्धिका लागि स्वास्थ्य जीवन परियोजना संचालनमा आएको छ ।
श्रवण दृष्टिविहीनलाई शारिरिक र मानसिकरुपमा स्वास्थ्य बनाउनका लागि उक्त परियोजना मोरङमा संचालनमा आएको हो ।
सेन्स इन्टरनेशनलको आर्थिक सहयोग तथा राष्ट्रिय बहिरा महासंघ नेपालको सहकार्यमा कोशि बहिरासंघ विराटनरले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
परियोजना अन्र्तगत श्रवण दृष्टिविहीनलाई नि:शुल्क थेरापी तथा उपचारको व्यवस्था गरिएको छ भने उपचारका लागि ट्रेनिङ तथा सेन्टरमा आउन नसक्ने बालवालिकालाई घरमा पुगेर श्रवण दृष्टिविहिनका अभिभावकहरुलाई सचेतना मुलक तालिम तथा परिचयपत्र वितरण गरिने परियोजना प्रमुख प्रसान्त दुलालले बताए ।
कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्रालयका सचिव विरवहादुुर राईले श्रवण दिष्टिविहीनका अभिभावक वा परिवारलाई आयआर्जन हुुने खालका तालिम प्रदान गर्नुुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोशी वहिरासंघकी सन्तोषी घिमिरेले मोरङमा श्रवण दिष्टिविहीको अवस्थाको वारेमा जानकारी गराएकी थिइन् । मोरङमा २ सय ५४ जना श्रवण दिष्टिविहीन रहेकोमा विराटनगर महानगरपालीकाक्षेत्रमा अहिले सम्म १० जना श्रवण दिष्टिविहीन रहेको छ । उक्त परियोजना तिनवर्ष सम्म संचालन हुुने जनाइएको छ ।








