काठमाडौँमा गैंडाको खागसहित २ जना पक्राउ

माघ १६, काठमाडौँ । प्रहरीले काठमाडौँमा गैंडाको खाग  २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा   गैंडाको खागसहित २ जनालाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार  काठमाडौँको चाबहिलबाट  काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको हो ।   

महानगरीय अपराध महाशाखा अनुसार उनीहरुको कोठा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला पारिएको छ ।   

पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि  जिल्ला बन कार्यालय हात्तीसार लगिएको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =