नेपाल एयरलाइन्सका २० पाइलटको सामुहिक राजीनामा, यस्तो छ कारण

माघ १०, काठमाडौं । विभेद भएको भन्दै नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी पत्र बुझाएका छन् ।   

उनीहरुले सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद गरेको भन्दै ए ३२० र ए ३३०  जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका हुन् । 

राजीनामाको चेतावनीसहित पत्र  दिनेहरु सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । उनीहरूले ९० दिन भित्र माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् । 

विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरु बताउँछन् । पाइलटहरुका अनुसार विदेशीले हप्तामा २ दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एकदिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।   

विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् । र कर पनि आफैंले तिर्नु पर्छ ।   

निगमका पाइलट लामो समयदेखि यह िसेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *