काठमाडौँमा सुनको सिक्री लुट्ने २ जना पक्राउ
२०७६ माघ १६ गते

माघ १६, काठमाडौँ । काठमाडौँमा सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई जना पक्राउ पक्राउ परेका छन् ।
बुधबार प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा बागलुङ बरेङ २ घर भएका प्रकाश दर्जीको घाँटीबाट डेढ तोलाको सुनको सिक्री लुटेर भाग्ने क्रममा ती दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार घर भई हाल काठमाडौं मित्रनगर बस्ने मनबहादुर घर्ती र मकवानपुर मनहरी गाउँपालिका घर भई बालाजु बस्ने सुविना राई रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि कारवाहीको लागि अनुसन्धान भईरहेको महानगरीप प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।
२०७६ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








