२०२० भित्रै पोखरामा पर्यटक बसपार्क सञ्चालनमा ल्याउँछौँः मन्त्री भट्टराई

माघ ३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताएका छन् ।   

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को ५३ औँ वार्षिक साधारणसभाको आज (शुक्रबार) उद्घाटन गर्दै उनले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न थप सहयोग पुगेको उल्लेख गरे । 

मन्त्री भट्टराईले भ्रमण वर्षका दौरानमा नेपालको पूर्वाधार तथा सेवाका सन्दर्भमा नकारात्मकभन्दा सकारात्मक पक्षलाई जोड दिन आग्रह गर्दै पर्यटकीय पूर्वाधार विस्तारसँगै सेवाको स्तरीकरणमा विशेष ध्यान दिइने बताए । उनले पर्यटनलाई देशका हरेक कुनासम्म जोड्न देशभरका ५३ वटै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गरिने बताए । 

Image result for संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई"

एक वर्षभित्र दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने र मुलुकको उड्डयन क्षेत्रमा सहजता आउने उनको भनाइ छ । उनले आगामी मे महिनासम्म निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउने र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल एक वर्षभित्रै सञ्चालन गर्ने गरी निर्माण कार्य तीव्र पारिएको जानकारी दिए । 

नेपालमा पर्यटकको सुरक्षामा कुनै कमजोरी नरहेको बताउँदै मन्त्री भट्टराईले सशस्त्र द्वन्द्वका बेलामा समेत पर्यटकले सुरक्षा चुनौती बेहोर्नु नपरेको स्मरण गराउँदै हल्लाको पछि नलाग्न आग्रह गरे । पर्यटकको सहजताका लागि बालाजुमा पर्यटक बसपार्क निर्माणको तयारी गरिएको तथा सन् २०२० भित्रै पोखरामा पर्यटक बसपार्क सञ्चालनमा ल्याउने योजना सुनाए ।   

सन् २०२० देखि २०३० सम्म पर्यटकको दशकका रुपमा मनाएर अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =