राप्तीको नगर सभा सम्पन्न, ८ वटा प्रस्ताव पारित

 पुष २५, चितवन ।  चितवनको राप्ती नगरपालिकाको छैटौ नगर सभा शुक्रवार सम्पन्न भएको छ । राप्ती वडा नम्वर १० को वडा कार्यालयमा भएको नगर सभाले ८ वटा प्रस्ताव पारित गरेको छ ।  

राप्ती नगर प्रमुख प्रभा बरालले पेश गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए । नगर सभामा सहकारी ऐन २०७४ संसोधन ,शिक्षा ऐन २०७४ संसोधन, बार्षिक वजेटको थप रकम,योजनामा रहेका रकम र नगरबाट गर्न सकिने सोही शीर्षक भित्र रही गर्ने प्रस्ताव पेश भएको थियो ।  

त्यस्तै इन्जिनियर सिभिल अधिकृत १ जना थप गर्ने,उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन गर्ने भन्ने पूर्वाधार विकास समितिको निर्णय, विद्यायन मस्यौदा समितिको थप ऐन नियम कार्यविधि निर्माण गर्ने निर्णय र आर्थिक वर्ष २०७७/७८ को लागि बजेट प्रस्ताव गरि पठाउने प्रस्ताव पेश गरिएकोमा केही परिमार्जनसहित सर्वसम्मतबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत हुमागांईले बताए । 

नगर सभामा नगर उपप्रमुख इमानसिंह लामाले ६ महिनाको अवधिमा पुँजीगत खर्च निकै न्युन मात्र भएको भन्दै योजनाका काम समयमै सम्पन्न गर्न सवै जनप्रतिनिधीहरु प्रतिवद्ध हुनु पर्ने बताए । राप्ती नगरपालिकाले साविकको गाविसमा पालैपालो नगर सभा गर्ने निर्णय वमोजिम पहाडी वडामा यस पटक नगर सभा गरेको नगर प्रमुख प्रभा बरालले बताईन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =