नागढुङ्गाबाट ३५ लाख मूल्य बराबरका राजस्व छलिका मोवाईल बरामद

माघ १, काठमाडाैँ । महानगरीय  प्रहरी प्रभाग नागढुङ्गाले ३५ लाख बराबरको भन्सार छलिका  मोबाइल  बरामद गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडाैँ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा ३५ लाख बराबरको भन्सार छलिका  मोबाइल  बरामद गरेको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बीरगंजबाट काठमाण्डौ आउँदै गरेको ना.६ ख १५३४ न.को यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा Apple  कम्पनीको Iphone-11 मोबाईल थान २, Oppo  लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२,Vivo  लेखिएको मोबाईल थान ३६ , Redmi लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३, Samsung  लेखिएको मोबाईल थान २ समेत  गरी जम्मा थान ७५ बिभिन्न कम्पनीका, बिभिन्न मोडलका  मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको बताए । 

त्यस्तै डिएसपी श्रेष्ठले नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना.७ ख ७३९५ नंम्बरको यात्रु बाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिनको चालक बस्ने सिट पछाडी सेतो टेपले बेरी कार्टुन भित्र लुकाई राखेको अवस्थामा ३२ वटा मोवाईलहरू बरामद गरीएको छ । बरामद मोवाईल Oppo र Redmi  ब्राण्डको रहेको छ । 

डिएसपी श्रेष्ठले भने ‘उक्त मोबाईल धनि तत्कालै कोही फेला नपरेको र कुनै तथ्यगत कागजातहरू समेत नभएको हुँदा उक्त मोबाईलहरू बरामद गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाईएको छौ ।” 

साे मोवाईलहरूको अनुमानित बजार मूल्य रू ३५ लाख बराबर रहेको थानकोट प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *