निर्भया बलात्कार प्रकरणः दोषी चारै जनालाई सुनाइयो मृत्युदण्डको सजाय

पुस २२, काठमाडौं । ‘निर्भया बलात्कार प्रकरण’ का दोषी ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।   

भारतको नयाँ दिल्लीमा ८ वर्ष पहिले भएको सामूहिक बलात्कार घटनामा अदालतले ८ माघमा आरोपित मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविलाई मृत्युदण्डको सजाय सुनाएको हो ।   

निर्भयाको बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका चार जनाविरुद्ध दिल्ली अदालतले डेथ वारेन्ट जारी गरेको हो ।   

१३ सेप्टेम्बर २०१३ मै घटनाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ । 

२०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि ४ जनालाई मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्‍यो । 

घटना भएको ७ वर्ष बितिसक्दा पनि मृत्युदण्डको फैसला कार्यान्वयन नभएकोमा भारत भर विरोध हुँदै आएको थियो। उक्त मुद्दाको फैसला ‘फास्ट ट्रयाक’ बाट गरिएको थियो।   

दोषी ठहर भएकाहरुले राष्ट्रपति कहाँ सजाय माफ गर्न निवेदन समेत दिने प्रयास गरेका थिए। तर उनीहरुको निवेदन लिन राष्ट्रपति कार्यालयले अस्वीकार गरिएको बताइन्छ।   

यस्तै सर्वोच्च अदालतले उनीहरुले फैसला पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरिदिएको थियो। 

१६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो । सामूहिक बलात्कारमा परेकी निर्भयाको केही दिनपछि मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *