फिलिपिन्समा ज्वालामुखी बिस्फोट, स्थानियलाई सुरक्षित स्थानमा जान निर्देशन

पुष २८, काठमाडौं । फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएपछि अर्को पनि खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनेको छ । 

राजधानी मनिलाको  ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित तालमा स्थानीय समयानुसार आइतबार अपरान्ह ज्वालामुखी  बिस्फोट भएको हो । 

सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् । मनिला अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको छ । 

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले  ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् । 

एजेन्सीले केही घण्टा वा दिनभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ । सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन गरिएको जानकारी दिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *