‘ए’ डिभिजन लिग : एनआरटीद्वारा पुलिस पराजित

पुष २८, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत सोमबारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएको छ ।  दशरथ रंगशालामा भएको खेलमा एनआरटीले पुलिसललाई १–० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

एनआरटीले खेलको ७६ औं मिनेटमा निर्णायक गोल गरेको थियो । एनआरटीका लागि दर्शन गुरुङले गोल गरे ।   

दर्शनले राजेश परियारको पासमा उत्कृष्ट गोल गरेका थिए । एनआरटीका मिडफिल्डर एरिक बिष्ट म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलमा ८ अंक बनाएको छ । समान ८ अंक बनाएको पुलिस सातौं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *