आजदेखि श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ महिमा

पुष २५, काठमाडौं । पौष शक्ल पूर्णिमाका दिनदेखि शुरु हुने हिन्दु धर्मावल्मबीहरुको श्री स्वस्थानी व्रत कथा एवं माधवनारायणको पूजा शुक्रबारदेखि शूरु भउको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।   

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुनेमात्रै पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।   

श्री स्वस्थानी व्रत हिन्दु नेपाली महिलाहरुले लिने कठीन व्रतको पर्वको रुपमा पनि लिने गरिन्छ ।  यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।   

विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रत कथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने जनविश्वास रहि आएको छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ । 

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । 

यसैबीच  आजैदेखि एक महिनासम्म उपत्यकाको  साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा शालिनदी गइृ स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाल्लिने र पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा शालिनदीमा प्रत्येक वर्ष लाखौं भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *