सांसद मनाङ्गेविरुद्ध उजुरी गर्ने मिलन गुरुङ पनि प्रहरीको फन्दामा

कास्की । संसाद दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।   

मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ ।   

यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले दिएको उजुरीका आधारमा दीपक मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।   

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।   

यसैबीच मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थप भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *